गण्डकी प्रदेशमा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि

१६ साउन, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ३ जिल्लाका थप ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु तनहुँका एक जना, म्याग्दीका २ जना र कास्कीका ३ जना रहेका छन् ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार २४३ जना ठिक भएर डिस्चार्ज भएका छन् भने प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ४८५ पुगेको छ ।

Loading
TOP