ट्वीटरले १५ दिन पछि खुलायो साइबर आक्रमणको रहस्य

ट्वीटरले १५ दिन पछि खुलायो साइबर आक्रमणको रहस्य

१६ साउन, काठमाडौँ । ट्वीटरले १५ दिन पहिला भएको साइबर आक्रमणको बारेमा केहि जानकारी सार्वजनिक गरेको छ । उक्त साइबर आक्रमणमा ह्याकर्सले कम्पनिको केही खास कर्मचारीलाई निसाना बनाएका थिए ।

उनीहरुको माध्यमबाट आक्रमण गर्ने ह्याकर्सले थुप्रै हाइ प्रोफाइल प्रयोगकर्ताको अकाउन्टमा हस्तक्षेप गरेका थिए ।

अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन, टेस्लाका सीईओ एलन मस्क, माइक्रोसफ्ट सह(संस्थापक बिल गेट्स र आईफोनका निर्माता कम्पनी एप्पल समेत विश्वका थुप्रै ठुला व्यापारी र नेताहरुका ट्वीटर अकाउन्ट ह्याक भएको थियो ।

थुप्रै हाई प्रोफाइल ट्वीटर अकाउन्ट एक साथ क्रिप्टोकरेन्सी घोटालामार्फत ह्याक गरिएको जानकारी सार्वजनिक गरिएपछि ट्वीटरले सबै भन्दा कठिन दिन रहेको र यस समस्या छिट्टै समाधान गर्ने बताएको थियो । साथै ट्वीटरले यस सम्बन्धमा अरु जानकारी उपलब्ध गराउने बताएको थियो ।

ट्वीटरले १५ जुलाई २०२० मा भएको फोन स्पीयर फिशिंग आक्रमणमा कम्पनीको कर्मचारीलाई निसाना बनाएको बताएको छ ।

निशानामा परेका कर्मचारीको संख्या कम रहेको छ ।

उक्त साइबर आक्रमणको लक्ष्य कर्मचारीलाई झुक्याउने र महत्वपुर्ण तथा ठोस प्रयास गर्नु रहेको थियो साथै ट्वीटरको आन्तरिक सुरक्षा सम्म पुग्ने रहेको थियो । यसको लागि मानवीय कमजोरीको प्रयोग गरिएको थियो ।

ह्याकर्सले कर्मचारी संग जोडिएको जानकारी प्राप्त गरे पश्चात् ट्वीटरको अकाउन्ट सपोर्ट टुल को एक्सेस रहेको कर्मचारीलाई निशाना बनाएका थिए ।

उनीहरुले करिब एक सय ३० ट्वीटर अकाउन्टमा ४५ वटा ट्वीट गरेका थिए, ३६ इनबक्स म्यासेज र सातवटा खाताबाट डाटा डाउनलोड गरेको ट्वीटरले जनाएको छ ।

Loading
TOP