२४ घण्टामा पौने तीन लाख संक्रमित, ६ हजारभन्दा धेरैको मृत्यु

२४ घण्टामा पौने तीन लाख संक्रमित, ६ हजारभन्दा धेरैको मृत्यु

१८ साउन, काठमाडौं । बितेका २४ घण्टामा विश्वभर दुई लाख ८९ हजार ३२१ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा थप ६ हजार १४२ जना संक्रमितको मृत्यु भएको छ। अमेरिकामा सबैभन्दा धेरै ६७ हजार ८२३ जना नयाँ संक्रमित फेला परेका छन्।

त्यहाँ एक दिनमै एक हजार २११ जना संक्रमितको ज्यान गएको छ। ब्राजिलमा ५७ हजार ८३७ जना संक्रमित थपिएका छन् भने एक दिनमै एक हजार १२९ जना संक्रमितको ज्यान गएको छ। भारतमा शुक्रबार ५७ हजार ११८ जना नयाँ संक्रमित थपिएका छन् भने ७६४ जना संक्रमितले ज्यान गुमाएका छन्।

जोन्स होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म विश्वभर एक करोड ७७ लाख ९१ हजार ३७७ जना संक्रमित फेला परेका छन्‌। यी मध्ये ६ लाख ८३ हजार ९८८ जना संक्रमितको ज्यान गएको छ।

Loading
TOP