भीमफेदी कारागारबाट फरार कैदी पक्राउ

भीमफेदी कारागारबाट फरार कैदी पक्राउ

१८ साउन, मकवानपर । भीमफेदी कारागारबाट केही महिना अघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

धामी चितवन बस्ने वर्ष २१ का रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेको अवस्थामा २०७६ साल कात्तिक ३० गते कारागारबाट भागी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले निजको खोजतलास गर्ने क्रममा कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा निजलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

फरार कैदी धामी सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७ बस्ने २५ वर्षका छन् । उनलाई आजै कारागार पठाइने भएको प्रवक्ता रानाले जानकारी दिए ।

Loading
TOP