थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,३३२ पुग्यो

थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,३३२ पुग्यो

१८ साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ६१ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ।

Loading
TOP