भारतमा कोरोनाबाट एकै दिन ७७१ जनाको मृत्यु

भारतमा कोरोनाबाट एकै दिन ७७१ जनाको मृत्यु

१९ साउन, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७७१ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३८ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३८ हजार १३५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२ हजार ९७२ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब १८ लाख नाघेको छ । भारतमा कुल संक्रमित १८ लाख ३ हजार ६९६ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ११ लाख ८६ हजार २०३ जना ठिक भएका छन् भने ५ लाख ७९ हजार ३५७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड २ लाख २ हजार ५८५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार २७ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

Loading
TOP