दुवै पक्षले अडान नछाडेपछि आज पनि ओली-प्रचण्डबीचको वार्ता निष्कर्ष विहिन

दुवै पक्षले अडान नछाडेपछि आज पनि ओली-प्रचण्डबीचको वार्ता निष्कर्ष विहिन

१९ साउन, काठामडौं । पार्टीभित्र उत्पन्न संकट समाधान गर्न भन्दै बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता आज पनि बिना निष्कर्ष सकिएको छ । केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको दुई नेताबीचको सोमबारको संवादमा पनि ठोस सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सवा ९ बजेबाट सुरु भएको वार्तामा दुवै नेताले आ–आफ्ना तर्फबाट नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई पनि सहभागी गराएका थिए । खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।

तर आज पनि कुनै ठोस प्रगती भने नभएको बताइएको छ । नेकपा स्रोतका अनुसार दुई अध्यक्षबीच समझदारीपछि सचिवालय बैठकमा लगेर त्यसलाई अनुमोदन गरिनेछ । सचिवालय बैठकले प्रस्ताव तयार पारेर स्थायी कमिटी बैठकमा लगिने र पार्टीलाई बिभाजनबाट जोगाउने प्रयास भइरहेको वार्तामा सहभागी नेताले बताएका छन् । त्यसैको प्रयासस्वरुप नेताहरु छलफलमा जुटका हुन् ।

सोमबारको वार्तामा अध्यक्ष प्रचण्डले स्थगित भएको स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए । प्रचण्डको कुरा सुनेपछि ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान दोहोर्याएका थिए ।

बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि पुनः भोलि छलफल गर्नेगरी नेताहरु उठेका थिए । नेताहरुबीच करिव डेढ घण्टा संवाद भएको थियो । पाटीभित्र बिबाद बढ्दै गएपछि नेकपाभित्र एकताको पक्षमा नेताहरुले आवाज उठाउदै आएका छन् ।

Loading
TOP