अमेरिकामा कोरोनाभाइरसको संकट झनै खतरनाक बन्दै

अमेरिकामा कोरोनाभाइरसको संकट झनै खतरनाक बन्दै

१९ साउन, काठमाडौं । कोरोनाभाइरस महाव्याधि विरुद्धको लडाइँमा अमेरिका नयाँ चरणमा पुगेको डा। डेबोरा ब्रिक्सले बताएका छन् । ह्वाइटहाउस कोरोनाभाइरस टास्क फोर्सका संयोजक ब्रिक्सले ‘स्टेट अफ युनियन’मा बोल्दै ‘यो ज्यानमारा भाइरस यो वर्षको शुरुवातताका अमेरिकामा देखापरेको भन्दा पनि झनै बढी फैलिनेखालको रहेको’ चेतावनी समेत दिएका छन् ।

‘आज हामीले देखिरहेको स्थिति मार्च–अप्रिलको भन्दा फरक छ । यो अत्यन्तै फरक ढंगले फैलिरहेको छ । यो शहरी क्षेत्रहरुमा जस्तै ग्रामीण भेगहरुमा पनि उत्तिकै फैलिरहेको छ, व्रिक्सले बताएका छन् । अमेरिकी जनताले मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्ने लगायतका अन्य स्वास्थ्यसम्बन्धी सिफारिशहरु पालना गर्नैपर्ने कुरामा पनि जोड दिएका छन् ।

Loading
TOP