आईपीएल सेप्टेम्बरदेखि, नोभेम्बरमा फाइनल खेल हुने

आईपीएल सेप्टेम्बरदेखि, नोभेम्बरमा फाइनल खेल हुने

१९ साउन, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ ।

आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा आईपीएल हुने तय भएको बताइएको छ । आईपीएलको फाइनल खेल नोभेम्बर १० मा हुने छ ।

बैठकमा काउन्सिलले प्रत्येक फ्रेन्चाइजको लागि २४ जना खेलाडी राख्न पाउने प्रावधान राखेको छ । यस्तै कोभिड–१९ को रिप्लेसमेन्ट राख्न पाउने नियम पनि स्वीकृत गरेको छ । लिगमा १० दिन दुई–दुई खेल हुनेछ । खेल बेलुकाको खेल साढे ७ बजे सुरु हुनेछ ।

Loading
TOP