आगामी तीन दिन कस्तो हुन्छ मौसम ?

आगामी तीन दिन कस्तो हुन्छ मौसम ?

२० साउन, काठमाडौँ । मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।

हालको मौसमको अवस्था प्रदेश न. ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

साउन २० गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बादली रहेता पनि अपरान्ह पछि सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती :देशभर सामान्य बदली रही  सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २१ गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशका अधिकांश भू-भागमा सामान्य वदली रही प्रदेश न १ प्रदेश न २ र बाग्मती प्रदेशका केही स्थानहरु तथा वाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २२ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी प्रदेश प्रदेश र प्रदेश ५ का एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली  रही  थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

Loading
TOP