राष्ट्रपति ट्रम्पको टिकटकलाई चेतावनी – सेप्टेम्बर १५ सम्म कि बेच कि बन्द गर !

राष्ट्रपति ट्रम्पको टिकटकलाई चेतावनी – सेप्टेम्बर १५ सम्म कि बेच कि बन्द गर !

२० साउन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भिडियो सेयरिङ एप टिकटकलाई सेप्टेम्बर १५ सम्मको डेडलाइन दिएका चछन् । राष्ट्रपति ट्रम्पले सेप्टेम्बर १५ सम्म अमेरिकी लगानीकर्तालाई कम्पनि बेच्न या बन्द गर्न चेतावनी दिएका हुन् । ट्रम्पले माइक्रोसफ्टको टिकटक किन्ने प्रस्तावलाई समर्थन गर्दै यसमा अमेरिकालाई फाइदा हुनुपर्ने बताए ।

यस अघि राष्ट्रपति ट्रम्पले टिकटक बन्द गर्ने बारे एक अर्डर ल्याएर बन्द गर्ने तयारी गरेको बताइएको थियो । तर माइक्रोसफ्टले टिकटक किन्ने प्रस्ताव गरेर छलफल अगाडी सारेपछि उनले सेप्टेम्बर १५ सम्मको समय दिएका हुन् ।

टिकटकको सबैभन्दा ठुलो बजार रहेको भारतले टिकटकमाथि प्रतिबन्ध लगाएपछि अब अमेरिका जापानसहितका देशले टिक टकलाई प्रतिबन्धमा लगाउने बारे विचार गरिरहेका छन् । यसैबीच अमेरिकाले टिकटक अमेरिकी कम्पनिलाई बेच्न दबाब दिएको छ । टिकटकको अमेरिका भारत र चीनपछि तेस्रो ठुलो बजार रहेको छ ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्या नाडेलाले यसै प्रसंगमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट गरेर टिकटकको अमेरिकासहित क्यानडा, अस्ट्रेलिया र न्युजील्याण्डमा टिकटकको अप्रेशन किन्ने बारेमा अहिले प्रारम्भिक छलफल भइरहेको र अन्य लगानीकर्तालाई समेत माइनरिटी सेयर किन्न अपिल सेमत गरेको छ ।

माइक्रोसफ्टले टिकटक किन्ने बारेमा विस्तृतमा छलफल भइरहेको समेत बताएको छ । माइक्रोसफ्टले राष्ट्रपति ट्रम्पको चासोलाई सम्मान गर्दै टिकटक किन्न माइक्रोसफ्ट प्रतिबद्ध रहेको बताएको छ । माइक्रोसफ्टले टिकटकको सम्पूर्ण सुरक्षा अडिट र अमेरिकालाई आर्थिक फाइदाका बारेमा अहिले छलफल र अध्ययन भइरहेको बताएको छ । साथै माइक्रोसफ्टले यो विषय सेप्टेम्बर १५ अगाडी नै टुंगाउने बताइसकेको छ । यस बारेको जानकारी टिकटकलाई समेत दिएको माइक्रोसफ्टले बताएको छ ।

साथै माइक्रोसफ्टले यो अत्यन्त सुरुवाती छलफल भएकाले यो कुन तहमा गएर टुंगिन्छ भन्ने बारे यकिन नभएको बताउदै अब अन्तिम टुंगो नलागेसम्म यस बारेमा नबोल्ने स्पष्ट गरेको छ ।

अमेरिकासहितका देशले टिकटक प्रयोगकर्ताका डाटा सुरक्षित नभएको आरोप लगाउदै चीनले प्रयोगकर्ताको सूचना लागिरहेको आरोप लगाइरहेका छन् । तर टिक टकले भने आफ्नो सर्भर अमेरिकामै रहेको र सिंगापुरमा ब्याकअप सर्भर रहेको बताउदै आएको छ ।

चीन सरकारसँग टिक टकको डाटामा पहुँच नभएको दाबी गर्दै टिक टकले अन्तर्राष्ट्रिय रुपमा विश्वास दिलाउन हङकङमा नयाँ साइबर सुरक्षा कानुन लागु हुनासाथ अघिल्लो महिना आफ्नो अप्रेशन बन्द गर्ने निर्णय गरेको थियो ।

विश्वका ४० भाषामा उपलब्ध यो शर्ट भिडियो सेयरिंग एप टिक टकका अहिले ८ सय मिलियन भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन् । यो एप अहिलेसम्म २ बिलियनभन्दा बढी पटक डाउनलोड भएको छ । साथै यो एप्पलको एप स्टोरमा सर्बाधिक डाउनलोड भएको एप यो । एप स्टोरमा यो ३३ मिलियन डाउनलोड भएको छ ।

टिक टक अहिले प्रतिबन्ध रहेको भारतमा मात्र यसका ६११ मिलियन प्रयोगकर्ता रहेका छन् भने चीनमा १९७ मिलियन र अमेरिकामा १६५ मिलियन प्रयोगकर्ता रहेका छन् ।

Loading
TOP