हालसम्म कुल ४ लाख ६ हजार ५९४ नमुनाको पिसिआर परिक्षण

हालसम्म कुल ४ लाख ६ हजार ५९४ नमुनाको पिसिआर परिक्षण

२० साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा ७ हजार ६८७ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ४ लाख ६ हजार ५९४ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १० हजार ४५२ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ९२५ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ५ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा र भोजपुर रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोनाबाट ५८ जनाको मृत्यु भएको छ ।

Loading
TOP