कोरोनाबाट हरेक १५ सेकेन्डमा एकको ज्यान जादै

कोरोनाबाट हरेक १५ सेकेन्डमा एकको ज्यान जादै

२१ साउन, काठमाडौँ । कोरोना महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ४ हजार ३७० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख ६० हजार २९० जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा कोरोनाबाट ९६ हजारको ९६ जनाको मृत्यु भएको छ भने मेक्सिकोमा ४८ हजार ८६९ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेलायतमा ४६ हजार २९९ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा ३९ हजार ८२० जनाको मृत्यु भएको छ भने इटालीमा ३५ हजार १७१ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्रान्समा ३० हजार २९६ जनाको मृत्यु भएको छ भने स्पेनमा २८ हजार ४९८ जनाको मृत्यु भएको छ ।

त्यस्तै पेरुमा २० हजार ७ जनाको मृत्यु भएको छ भने इरानमा १७ हजार ६१७ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सले गरेको एक विश्लेषणमा अहिले हरेक दिन ५ हजार ९ सय जनाको मृत्यु भएको छ । त्यस्तै प्रत्येक घण्टामा विश्वमा २४७ जनाको मृत्यु भएको छ भने हरेक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको देखिएको छ । रोयटर्सले यो आँकडा पछिल्लो दुई साताको भएको जानकारी दिएको छ ।

अहिले कोरोनाको संक्रमण सबैभन्दा बढी ल्याटिन अमेरिकी देशहरुमा देखिएको छ । जसमा ब्राजिल सबैभन्दा बढी प्रभावित देखिएको छ भने मेक्सिको, पेरु, कोलम्बिया, अर्जेन्टिना, बोलिभिया जस्ता देशमा कोरोनाको कहर देखिएको छ ।

Loading
TOP