गुगलका पूर्वइन्जिनियरलाई १८ महिना जेल सजाय

गुगलका पूर्वइन्जिनियरलाई १८ महिना जेल सजाय

२१ साउन, काठमाडौँ । गुगलका स्वचालित कारका पूर्वइन्जिनियर एन्थनी लेवान्सकीलाई चोरीको आरोपमा १८ महिना जेल सजाय फैसला सुनाइएको छ ।

उनले उबर संग काम गर्नुपूर्व चोरी गरिएको गुगलले बताएको छ ।

अमेरिकाको सान फ्रान्सिस्कोका न्यायाधीश, विलियम अलसप भन्छन् , “ यो अहिलेसम्मको सबै भन्दा ठुलो व्यापारिक गोपनियता चोरीको घटना हो।”

सन् २०१६ को जनावरीमा गुगल छोड्नुभन्दा अगाडी लेवान्सकीले १४ हजार भन्दा धेरै गुगल फाइल आफ्नो ल्यापटपमा अपलोड गरेका थिए ।

उनले त्यसपछि उबरको रोबोकार प्रोजेक्टमा काम शुरु गरेका थिए तर गुगलको मुद्धापछि सन् २०१७ मा उनि त्यस प्रोजेक्टबाट बाहिर निकालिए ।

उक्त चोरीका कारण उनले गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटलाई एक सय ७९ मिलियन अमेरिकी डलर तिर्नुपर्ने थियो । लेवान्सकी सन् २०२० को मार्च सम्ममा पुरै गरिब भइसकेका थिए त्यसैले उनि विरुद्ध कम्पनिले मुद्धा दर्ता गर्यो ।

लेवान्सकी गुगल स्वचालित कार वेमो प्रोजेक्टका संस्थापक सदस्य रहेका थिए ।

उनले सान फ्रान्सिस्कोमा रहेको घरमा १२ महिनाको नजरबन्दको लागि आग्रह गरेका थिए ।

आफुलाई निमोनिया भएको र कोरोनाको कारण जेलमा मृत्यु हुनसक्ने बताएका थिए ।

तर न्यायाधीश अलसपले यस्तो नजरबन्द भविष्यका इन्जिनियरलाई व्यापारिक गोपनियताको चोरी गर्न प्रोत्साहन मिल्नसक्ने भन्दै जेल सजाय निर्णय गरे र कोरोना महामारी भए पनि सजाय शुरु हुने बताएका छन् ।

गुगल कम्पनिले भने २७ महिना को जेल सजायको लागि अपिल गरेको थियो ।

स्वचालित ट्रक कम्पनि प्रोन्टोका मालिक लेवान्सकीले भने, “यो तीन वर्ष लामो लडाईको अन्त्य भएको छ तर यो लामो यात्राको सुरुवात हो ।”

उबरले अल्फाबेट संगको व्यापारिक गोपनियताको चोरीको विषयमा सम्झौता गरेको छ तर दुवैबीच विवाद जारी छ ।

टेक क्रन्चको अनुसार लेवान्सकीले उबरलाई ४.१ बिलियनको नोक्सानीको लागि मुद्धा दर्ता गरेका छन् ।

Loading
TOP