प्रदेश २ का आन्तरिक मामिलामन्त्री यादवलाई कोरोना संक्रमण

प्रदेश २ का आन्तरिक मामिलामन्त्री यादवलाई कोरोना संक्रमण

२२ साउन, जनकपुरधाम । प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

बुधबार बेलुका आएको रिपोर्टमा यादवलाई कोरोना पुष्टि भएको हो ।

गएको साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट पोजेटिभ आएको जनकपुर अस्पतालले जानकारी दिएको छ ।

उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड ९पीएसओ०, अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण भने देखिएको छैन ।

मन्त्री यादव अहिले मन्त्रालयको निवासमै आइसोलेशनमा बसेका छन् ।

मन्त्री यादव यही साउन ११ र १२ गते गृहमन्त्रालयमा आयोजित सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठकमा सहभागी भएर फर्किएका थिए।

सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी थिए ।

प्रहरीलाई प्रदेशमा समायोजनको कामका विषयमा छलफल गर्न उक्त बैठक आयोजना गरिएको थियो ।

Loading
TOP