कपिलवस्तुमा र्यान्डम स्याम्पलिङ गर्दा १३ जनामा कोरोना पुष्टि

कपिलवस्तुमा र्यान्डम स्याम्पलिङ गर्दा १३ जनामा कोरोना पुष्टि

२२ साउन, कपिलवस्तु । कपिलवस्तु जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका क्षेत्रमा र्यान्डम स्याम्पलिङ गर्दै संकलन गरिएको स्व़ाब परिक्षणबाट १३ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु मध्ये कपिलवस्तु नगरपालिका क्षेत्रभित्र संचालित मेडिकल र पोलि(क्लिनिकका २ जना, गैरसरकारी संस्थामा कार्यरत ३ जन, स्वास्थकर्मी १ जना, शिक्षक २ जना र अन्य बजार क्षेत्रबाट ३ जना रहेका छन् । त्यस्तै मायादेवी गाउँपालिकाका १ जना स्वास्थकर्मी समेत कोरोना संक्रमित पुष्टि भएको छ ।

योसँगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ८४० पुगेको छ । जसमा ७४७ जना ठिक भैसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

Loading
TOP