गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

२२ साउन, काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान साढे ६ बजे दिएको जानकारीअनुसारगोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ५ सय ६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।

निर्देश डा। शर्माका अनुसार गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ६ र ९ मा एक–एक जना संक्रमित फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिकामा पनि दुई जना कोरोना संक्रमित पुरुष फेला परेका छन् । तर उनीहरुको वडा नम्बर खुलेको छैन ।

गोरखा नगरपालिकामा पनि २४ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तर उनको पनि वडा नम्बर नखुलेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसैगरी पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २३ २५ र २५ वर्ष उमेरका छन् । उनीहरु हुप्सेकोट गाउँपालिकाका भए पनि वडा नम्बर खुलेको छैन ।

यस्तै कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा २२ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ की ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

Loading
TOP