लेबनानमा विष्फोट भएको अमोनियम नाइट्रेट के हो ?

लेबनानमा विष्फोट भएको अमोनियम नाइट्रेट के हो ?

२२ साउन, काठमाडौँ । लेबनानको राजधानी बेरुतमा बुधबार भएको विस्फोटबाट अहिलेसम्म १३५ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार विस्फोटमा ४ हजारभन्दा बढी घाइते भएका छन् ।

लेबनान सरकारले बेरुतको आधा शहर विस्फोटबाट ध्वस्त भएको बताएको छ । अहिले पनि उद्धार र राहतको काम जारी रहेको बताइएको छ ।

लेबनानमा विस्फोट भएको अमोनियम नाइट्रेट एक गन्धहीन रासायनिक पदार्थ हो जसलाई थुप्रै काममा प्रयोग गरिन्छ । सामान्यरुपमा यसको सबै भन्दा धेरै प्रयोग दुईवटा कामको लागि हुने गर्दछ पहिलो खेतीपातीमा रासायनिक मलको रुपमा र अर्को निर्मण वा खननको काममा विष्फोट गर्नको लागि प्रयोग हुन्छ ।

यो अत्यन्त विष्फोटक रासायनिक पदार्थ हो । यसमा आगलागी भए विष्फोट हुने गर्दछ र त्यस पछि खतरनाक ग्यास निस्किन्छ जसमा नाइट्रोजन अक्साइड र एमोनिया हुन्छ ।

यो अत्यन्त ज्वलनशील पदार्थ भएको कारण यसलाई निकै सावधानीपुर्वक भण्डारण गर्नु पर्ने हुन्छ ।

भण्डारणको कडा नियम लागु गरिको छ जसमा भण्डार पुरै वाटरप्रुफ हुनुपर्ने छ साथै अमोनियम नाइट्रेट जम्मा हुने कुनै पानिको पाईप वा नाली राख्नु हुँदैन ।

ठुलो मात्रामा अमोनियम नाइट्रेट राखिएको भण्डारमा कसरी आगो लाग्यो भन्ने कुरा स्पष्ट भएको छैन र लेबनान विष्फोटको जाँच भइरहेको छ ।

विश्वमा अमोनियम नाइट्रेटको कारण पहिला पनि थुप्रै दुर्घटना भएको छ ।

सन् २०१३ मा अमेरिकाको टेक्सस राज्यमा एक फर्टिलाइजर प्लान्टमा धमाका भएको थियो जसमा १५ जनाको मृत्यु भएको थियो । त्यस्तै सन् २००१ मा फ्रान्सको टुलूजमा पनि एक केमिकल प्लान्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियो ।

सन् १९९५ मा अमेरिकाको ओकलाहोमा भएको विष्फोटमा प्रयोग भएको बम अमोनियम नाइट्रेट भएको पाइएको थियो ।

लेबनानमा बुधबार विस्फोट भएको अमोनियम नाइट्रेट लेबनानको बेरुतस्थित एक पोर्टको गोदाममा २७५० टन भण्डार गरेर राखिएको थियो । सन २०१४ देखिनै यो अमोनियम नाइट्रेट भण्डार गरेर राखिएको बताइएको छ ।

सोहि अमोनियम नाइट्रेट विस्फोट भएको बताइएको छ । यो कसरी विस्फोट भयो भन्ने बारे अनुसन्धान शरू भएको लेबनान सरकारले बताएको छ । लेबनानका राष्ट्रपति र प्रधानमन्त्रीले बुधबार नै सो स्थलको निरिक्षण गरेर सुरुवाती रिपोर्टमा अमोनियम नाइट्रेटको भण्डारमा गरिएको गल्तिका कारण विस्फोट भएको बताएका छन् ।

Loading
TOP