भारतको गुजरातमा कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु

भारतको गुजरातमा कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु

२२ साउन, अहमदावाद । भारतको गुजरातस्थित अहमदावाद सहरमा रहेको कोरोना उपचार विशेष अस्पतालमा आगलागी हुँदा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमा तीन महिला छन्।

अहमदावादको नवरंगपुर क्षेत्रमा रहेको श्रेय अस्पतालमा आगो लागेको त्यहाँका अग्नि नियन्त्रण प्रमुख राजेश भट्टले बताएका छन्।

सर्ट सर्किटका कारण आगो लगेको थियो। सो समयमा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले कोरोनाबाट सुरक्षित रहन पिपिई सेट लगाएर काम गरिरहेको भट्टले जानकारी दिए।

Loading
TOP