विश्वभर मृतकको संख्या ७ लाख भन्दा बढी

विश्वभर मृतकको संख्या ७ लाख भन्दा बढी

२२ साउन, काठमाडौं । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ८७ लाख नाघेको छ। बिहिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ८७ लाख १० हजार ६ सय ६८ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४८ लाख १८ हजार ३ सय २८ पुगेको छ। त्यस्तै ब्राजिलमा २८ लाख ५९ हजार ७३, भारतमा १९ लाख ८ हजार २ सय ५४ र रुसमा ८ लाख ६४ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ४ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ७ लाख ४ हजार ८ सय ६२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ५७ हजार ९ सय ३०, ब्राजिलमा ९७ हजार २ सय ५६, बेलायतमा ४६ हजार २ सय ९५ , मेक्सीकोमा ४८ हजार ८ सय ६९ , इटालीमा ३५ हजार १ सय ८१ जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड १२ लाख ८४ हजार ७ सय ३३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

Loading
TOP