सिरहाका युवकको कोरोनाबाट मृत्यु

सिरहाका युवकको कोरोनाबाट मृत्यु

२३ साउन, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो ।

दुवै मिर्गौला फेल भएका उनलाई साउन १९ गते डायलसिसका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

जनकपुर प्रादेशिक अस्पतालमा उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी डायलासिस गरिएको थियो । उनलाई श्रावण २१ कोरोना पुष्टि भएको थियो । जनकपुर प्रादेशिक अस्पतालले २१ गते रिफर गरेपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानमा डायलसिसकै क्रममा ती युवकको मृत्यु भएको हो ।

Loading
TOP