गण्डकी प्रदेशमा ४ संक्रमित थपिए

गण्डकी प्रदेशमा ४ संक्रमित थपिए

२३ साउन, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ४ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहिबार दिएको अपडेट अनुसार प्रदेशको तीन जिल्लामा थप ४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु नवलपरासी पूर्वका एक जना, स्याङजाका एक जना र कास्कीका २ जना रहेका छन् ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार ३८३ जना ठिक भएर डिस्चार्ज भएका छन् भने प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ५७९ पुगेको छ ।

Loading
TOP