आजराति च्याम्पियन्स लिगका दुई खेल हुदै : रियल र युभेन्टस जित्नै पर्ने दबाबमा

आजराति च्याम्पियन्स लिगका दुई खेल हुदै : रियल र युभेन्टस जित्नै पर्ने दबाबमा

२३ साउन, काठमाडौँ । कोरोना भाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिगका खेल आजराती देखि पुनः शुरु हुँदैछन् ।

युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका थिए ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)ले युरो–२०२० लाई एक वर्ष पछि सार्ने निर्णय गरे पनि क्लबस्तरीय दुई प्रतिष्ठित प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिगका क्वाटरफाइनलदेखिका खेलहरु पोर्चुगलमा निर्धारित रंगशालामा सबै खेल खेलाइने निर्णय गरे अनुसार नै यी खेलहरु हुन थालेका छन् । यी खेलहरुमा दर्शकलाई प्रवेश गराइने छैन ।

आजराति नेपाली समय अनुसार १२:४५ मा च्याम्पियन्स लिगका दुई खेल हुदै छन् । आज रियल म्याड्रिडले म्यानचेस्टर सिटीको सामना सिटीको घरेलु मैदानमा गर्दै छ भने युभेन्टसले आफ्नो घरेलु मैदानमा लियोनको सामना गर्दै छ । दुवै खेलमा रोचक के छ भने दुवै क्लब पहिलो लिग हारेका छन् । र च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न दुवैले आजका खेल निश्चित अन्तरमा जित्नु पर्ने हुन्छ ।

पहिलो लिगमा सिटी म्याड्रिडसँग २-१ गोल अन्तरले अगाडी रहेको छ भने लियोन युभेन्टससँग १-० ले अगाडी रहेको छ । रियल म्याड्रिड र युभेन्टस दुवैले आ-आफ्नो देशको लिग जितेर च्याम्पियन्स लिग खेल्दै छन् ।

दुवैले जित्नै पर्ने अवस्थामा च्याम्पियन्स लिग खेल्न लागेकाले फुटबलका फ्यानहरुमा भएन आजरातीको खेल विशेषरुपमा उत्साहित देखिएका छन् ।

आज आजको दुवै खेलको अर्को रोचक पक्ष के छ भने युभेन्टस र रियल म्याड्रिड विजयी भएर क्वाटरफाइनलमा गएमा क्रिस्टियानो रोनाल्डो पहिलो पल्ट रियल म्याड्रिडविरुद्ध क्वाटरफाइनलमा खेल्ने छन् ।

अहिलेसम्म च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिड, पिएसजी, एटलान्टा र आरबी लेइपजिंग क्वाटरफाइनलमा पुगिसकेका छन् । जसमा एटलेटिकोले लेइपजिंगसँग तथा पिएसजीले एटलान्टाविरुद्ध क्वाटरफाइनलमा खेल्ने भएका छन् ।

यसपछिको तालिका :

त्यसैगरी नापोली र बार्सिलोनाबीचको दोस्रो लिग पनि खेल्न बाँकी छ, जसमा पहिलो लिगमा दुवै १-१ गोलको बराबरीमा रहेका छन् । दुवैबीच दोस्रो लिगको खेल अगस्त ८ मा हुदै छ ।

त्यस्तै चेल्सी  र बायर्न म्युनिखबीचको दोस्रो लिग बाँकी रहेको छ भने पहिलो लिगमा बायर्न ३-० ले अगाडी रहेको छ । दुवैबीच दोस्रो लिगको खेल अगस्त ८ मा हुदै छ ।

त्यसैगरी नापोली र बार्सिलोना मध्ये एकको विरुद्ध चेल्सी र बायर्न म्युनिख मध्ये एक क्वाटरफाइनलमा खेल्ने भएका छन् ।

त्यसै गरि पहिलो सेमिफाइनल खेलमा रियल म्याड्रिड/म्यान्चेस्टर सिटी वा लियोन/युभेन्टसबीचको क्वाटरफाइनलको विजेतासँग नापोली/बार्सिलोना वा चेल्सी/बायर्न म्युनिखबीचको विजेता खेल्ने भएका छन् ।

त्यस्तै दोस्रो सेमिफाइनलमा आरबी लेइपिंग/एटलेटिको म्याड्रिड वा एटलान्टा/पिएसजीबीचको विजेताले खेल्ने भएका छन् ।

क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु सिधै नकआउट खेल हुने भएका छन् । यसअघि होम र अवे खेलाइने यी खेलहरु अब भने एक खेलमै निर्णायक खेल हुने युइएफएले जानकारी दिएको छ ।

यस अघि मार्च ११ देखि स्थगित भएको च्याम्पियन्स लिग अगस्ट ७ शुक्रबारबाट सुचारु हुने छ ।

अन्तिम १६ का दोस्रो लिगका खेल अगस्त ७/८ मा हुने छन् । त्यस्तै १२-१५ अगस्टसम्म क्वाटरफाइनलका खेलहरु हुने छन् भने १८-१९ मा सेमिफाइनलका खेलहरु हुने भएका छन् । त्यस्तै च्याम्पियन्स लिगको फाइनल खेल अगस्ट २३ मा हुने भएको छ ।

Loading
TOP