इन्डोनेशियाद्वारा फेसबुक, डिज्नी र टिकटकमाथि दश प्रतिशत कर

इन्डोनेशियाद्वारा फेसबुक, डिज्नी र टिकटकमाथि दश प्रतिशत कर

२३ साउन, काठमाडौँ । इन्डोनेशियाले प्रविधि कम्पनिमा दश प्रतिशत कर लगाएको छ ।

शुक्रवार कर कार्यालयले फेसबुक , डिज्नी र टिकटकमा १० प्रतिशतले भ्याट थप गरेको बताएको छ ।

दक्षिण एशियाको सबै भन्दा ठुलो देश इन्डोनेशियामा करिब दुई सय ७० मिलियन जनसंख्या रहेको छ ।

पछिल्लो महिना अमेजन, नेटफ्लिक्स, स्पटिफाइ र गुगल सहित अन्य प्रविधि कम्पनिमा १० प्रतिशत कर लगाउने निर्णय गरको थियो ।

महामारीको कारण काम गर्ने समय अनुकुल नभएको र यसले सरकारलाई घाटा भएको कारण कर लगाएको इन्डोनेशिया सरकारले जनाएको छ ।

शुक्रवार थप कम्पनिमा कर जोडेको छ, जसमा फेसबुक, टिकटक पिटिइ लिमिटेड, एप्पल डिस्ट्रिब्युसन इन्टरनेस्सनल लिमिटेड, द वाल्ट डिज्नी कम्पनि ९दक्षिण एसिया ०पिटिइ लिमिटेड र अमेजनको अन्य सानो कम्पनि , अडियो बुक युनिट अडिबल र यसको “भोइस असिस्टेन्ट एलेक्सा” रहेका छन् । कम्पनिहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

इन्डोनेशियाको कानुन अनुसार , अन्तरष्ट्रिय विदेशी कम्पनि जसले डिजिटल उत्पादन बिक्रि गर्दछन् र एक वर्षमा इन्डोनेशियामा छ सय मिलियन इन्डोनेशियन रुपैयाँ ९४१ हजार भन्दा बढी अमेरिकी डलर ० को सेवा प्रदान गर्दछन् र १२ सय प्रयोगकर्ताको ट्राफिक बनाउछन् , उनीहरुलाई दश प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।

इन्डोनेशियामा कोरोना भाइरसको कारण आर्थिक गतिविधिमा कमि आएको कारण वार्षिक आम्दानमा १३ प्रतिशतले गिरावट आएको छ ।

Loading
TOP