लेखक सुजन दाहालले यसरी जिते कोरोनालाई…

लेखक सुजन दाहालले यसरी जिते कोरोनालाई…

बिराटनगरका लेखक तथा कलाकार सुजन दाहाल एक हप्ता अगाडी कोरोन संक्रमित भएका थिए । आफु कोरोना संक्रमित भएको थाहा पाए पछि मनमा एक प्रकारको डर पैदा भयो अब के हुन्छ भनेर खुट्टा भुईमा स्थिर हुन सकेको थिएन । कोरोना संक्रमित भएको खबर पाएपछि घर अगाडी नै एम्बुलेन्स आयो आफुलाई लिन म घर भित्रबाट बाहिर निस्के र एम्बुलेन्समा चढे। केहि समयपछि नै म गोठगाउ स्थित पुर्बान्चल बिश्वबिधालय गोठगाउँ हस्पिटल आइसोलेशन मा भर्ना भए।

त्यो रात जसो तसो गरेर डरमा नै बित्यो भोलि बिहान सुर्यको किरण संगै मनमा आशाको धेरै नै दीपहरु बल्न थाल्यो । यो कोरोना केहि पनि होईन जस्तो लाग्यो । मेरो मनले भन्यो मैले आत्मबल ठुलो पारे भने म केहि दिनमा नै यो कोरोनालाई हराएर घर फर्किने छु । हो आखिर आज आएर मेरो आत्मा बलको नै जित भयो। आज म कोरोनालाई हराएर घर फर्किएको छु । आज म निकै नै खुशी छु सुजन दाहालले भने ।

सुजन दहाल निको भएर घर आएपछि उनले भने, कोबिड १९ एउटा प्लु मात्र भएकाले यो संग कोही डराउन पर्दैन। उच्च मनोबल लिएर सकारात्मक सोचका साथ कोरोनाको सामना गर्न सकिने कुरा उनले बताए । कोरोनाको डर र त्रास समाजमा धेरै भएको तर सो अनुसारको रोग नभएकाले कोही पनि नआत्तिन उनले सबैलाइ अनुरोध पनि गरे । अत्यन्त उच्च मनोबलका धनी दाहालले कोरोनाको औषधि नभएकाले यसको औषधि नै आत्मबिस्वास भएकाले सबैले आत्मा बिस्वासका साथ सकारात्मक सोच लिएर जीवन लाई अगाडि बढाउन सुझाब दिए ।

Loading
TOP