भारतीय विदेशमन्त्री जयशंकरले भने – बुद्ध ‘महान भारतीय’

भारतीय विदेशमन्त्री जयशंकरले भने – बुद्ध ‘महान भारतीय’

२५ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री एस। जयशंकरले बुद्धलाई ‘भारतीय नागरिक’ भनेका छन् । शनिबार भएको एक भर्चुअल सम्मेलनमा जयशंकरले बुद्धलाई ‘महान भारतीय’भनेका हुन् ।

जयशंकरले कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्रीजद्वारा आयोजित इन्डिया एट ७५ भर्चुअल सम्मेलनमा भने, ‘हामी सबैले आज सम्मकै महान भारतीय भनेर दुईजनालाई चिन्ने हो, पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी ।’ यी दुईलाई पूरै विश्वले महान् भारतीयका रुपमा चिन्ने उनको भनाई थियो ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभिन्न सम्बोधनका क्रममा बुद्धलाई भारतीय भनेको विषयको व्यापक विरोध भएको थियो । अब अहिले भारतका विदेशमन्त्रीले बुद्धलाई भारतीय भनेपछि नेपालमा सामाजिक संजाल र मिडियामा विरोध शुरु भएको छ ।

बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको पुरातात्विक तथ्यहरुले प्रमाणित गरिसकेको छ । सँसारभर नेपाललाई बुद्धको जन्मभुमिका रुपमा चिनिन्छ ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बुद्ध भारतको भन्ने विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन् । प्रवक्ता शर्माले सामाजिक संजालमार्फत ुआवेगको जवाफमा आवेगझपस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन, भनेका छन् ।

उनले ञबुद्ध नेपालमा जन्मिएका हुन्झ भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा नेपाल बुद्ध भूमि हो भनेर बोलेपछि यो विषय खारेज भैसकेको भन्दै आपत्तिजनक टिप्पणी अत्यन्तै दुस्खद रहेको बताएका छन् ।

Loading
TOP