टोशिबाको नयाँ ल्यापटप उत्पादन बन्द

टोशिबाको नयाँ ल्यापटप उत्पादन बन्द

२५ साउन, काठमाडौँ । जापानी कम्पनी टोशिबाले ल्यापटप बजारबाट सन्यास लिएको छ ।

टोशिबाली बजारमा आफ्नो नयाँ ल्यापटप वा नोटबुक लन्च नगर्ने निर्णय गरेको छ । तर बजारमा भने टोशिबा ल्यापटप उपलब्ध हुनेछ ।

टोशिबाले आफ्नो ल्यापटपको व्यापार सार्पलाई सुम्पिएको छ ।

सन् २०१८ मा टोशिबाले आफ्नो ८०।१ प्रतिशत शेयर सार्पलाई बेचेको हो । यस सम्झौता पछि टोशिबा क्लाइन्ट सल्युशन्सलाई अहिले डायनाबुकको नाम दिइनेछ ।

टोशिबाको सन् १९८५ मा ल्यापटप भित्रिएको थियो र आईबीएमको थिंकप्याड सीरीजलाई चुनौती दिदै स्याटलाइट रेंज लन्च गरको थियो ।

सन् २०१५ मा कम्पनिले ल्यापटप प्रोडक्शनलाई आउटसोर्स गरेको थियो । कुनै एक समयमा ल्यापटप र नोटबुकको संसारमा राज गर्ने टोशिबा अहिले लेनेभो ,एचपी र डेलको प्रवेशले बजारबाट बाहिर जान बाध्य भएको छ ।

टोशिबाले हालै नयाँ आर्टिफिशियल इन्टेलिजेन्स ९एआई० सेन्टर स्थापित गर्नको लागि आर एन्ड डी सेन्टर पुनर्निर्माणको लागि तीन सय २१ मिलियन डलर लगानी गर्ने घोषणा गरको थियो ।

कम्पनीको आर एन्ड डी सेन्टर टोकियोमा सन् २०२३ सम्ममा शुरू हुनेछ र तीन हजार मानिस एआईमा काम गर्ने बताएको थियो ।

Loading
TOP