भ्रष्टाचारको अभियोग लागेपछि स्पेनका पूर्वराजाले देश छोडे, यूएईमा अवतरण

भ्रष्टाचारको अभियोग लागेपछि स्पेनका पूर्वराजाले देश छोडे, यूएईमा अवतरण

२५ साउन, काठमाडौं । स्पेनका पूर्वराजा ख्वान कार्लोसले देश छोडेका छन् । केही दिनअघि देश छोड्ने उद्घोष गरेका पूर्वराजा शनिवार राति संयुक्त अरब इमिरेट्स (युएई) मा अवतरण गरेका छन् । विदेश सञ्चार माध्यमकाअनुसार पूर्व राजा कार्लोस विशेष विमानबाट युएईमा अवतरण गरेका छन् ।

भ्रष्टाचारको आरोप लागेपछि उनी लामो समयदेखि तनावमा थिए । राम्रो नियतले काम गर्दापनि आफुमाथी जीवनको उत्तरार्धमा भ्रष्टाचारको अभियोग लगाएको भन्दै उनले देश छाड्ने निर्णय लिएका थिए ।

स्पेनिस सञ्चार माध्यमहरुले उनी अबुधाबी विमान स्थलमा झर्दै गरेको तस्विरहरु सार्वजनिक गरेका छन् । भ्रष्टाचारमा उनको नाम मुछिएपछि ८२ वर्षका पूर्वराजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई दिएका थिए । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरेका थिए । देश छाडेपनि भ्रष्टाचारका बिषयमा आफुसँग कुरा गर्न चाहे भिडियो मार्फत उपलब्ध हुने बताएका छन् ।

गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्व राजा ख्वानको संलग्नताबारे अनुसन्धान सुरु गरेको थियो ।

Loading
TOP