गोंगबुमा सुटकेसभित्र भेटियो टाउको काटिएको शव

गोंगबुमा सुटकेसभित्र भेटियो टाउको काटिएको शव

२५ साउन, काठमाडौं । टाउको काटिएको अवस्थामा गोंगबुमा एउटा सुटेकसभित्र शव भेटिएको छ । ुगोंगबु गणेस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको शव भेटिएको हो । काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले बिहान पौने सात बजे स्थानीयले प्रहरीलाई यसको जानकारी दिएका थिए ।

शव पुरुषको भए पनि सनाखत भने भइनसकेको उनले बताए । ती पुरुष अन्दाजी ४०–४५ वर्षको उमेरका भएको बताइएको छ । उनको टाउको एक ठाउँमा र शरीर टुक्राटुक्रा पारेर फालिएको अवस्थामा अर्को ठाउँमा भेटिएपनि उनको टाउकोपट्टीको भागमा भने कुनै चोटपटक देखिएको छैन । घटनास्थलमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ भने घटनास्थलमा तालिम प्राप्त कुुकुरको पनि प्रयोग गरिएको छ ।

यसैगरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

Loading
TOP