कर्मचारीमा कोरोना देखिएपछि अध्यागमन विभागको सेवा बन्द

कर्मचारीमा कोरोना देखिएपछि अध्यागमन विभागको सेवा बन्द

२६ साउन, काठमाडौं । कर्मचारीलाइ कोरोना देखीएपछि अध्यागमन विभागको सेवा बन्द भएको छ । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको हो । विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो ।

त्यसमध्ये ५६ जनामा कोरोना नेगेटिभ आएको छ । एक जनामा भने पोजेटिभ आएको छ । एक कर्मचारीमा पोजेटिभ आएपछि इमर्जजेन्सीबाहेक सबै सेवा बन्द गरेको केसीले जानकारी दिए । उनको सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको छ ।

उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।

Loading
TOP