असोजदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न प्रस्ताव

असोजदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न प्रस्ताव

२६ साउन, काठमाडौं । कोरोना (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १ असोज देखि गर्ने प्रस्ताव गरेको छ ।

आईतबार बसेको सिसिएमसीको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । यो प्रस्ताव बारेमा आगामी दिनमा बस्ने मन्त्रीपरिषद् बैठकले गर्ने बताइएको छ । गत ५ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले १ भदौबाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन खुल्ला गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौ भरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न नमिल्ने प्रस्ताव आईतबार बसेको सिसिएमसीको बैठकले गरेको हो ।

Loading
TOP