थप ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ हजार नाघ्यो

थप ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ हजार नाघ्यो

२६ साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३१० जना पुगेको छ।

Loading
TOP