नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

२६ साउन, काठमाडौं । नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जना कोरोनाबाट मृत्यु भएको जानकारी दिएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका-२ बस्ने ७० बर्षिय महिलाको श्रावण २५ गते कोरोनाबाट मृत्यु भएको छ । उनी उच्च रक्तचापको विरामी भएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै पर्सा जिल्लाको बेदीयादी गाउँपालिका (१५ की ४५ बर्षिय महिलाको श्रावण २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौँको मध्यबानेश्वर बस्ने ७० बर्षिय एक पुरुषको श्रावण २६ गते बिहान मेडिकेयर अस्पतालमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै काठमाडौंको किर्तिपुर ट्याङलाफाटका एक ६४ वर्षीय पुरुषको ललितपुर नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका श्रावण २६ गते मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

Loading
TOP