सांसद यादवको दोस्रो कोरोना रिपोर्ट निगेटिभ

सांसद यादवको दोस्रो कोरोना रिपोर्ट निगेटिभ

२७ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदिप यादवको दोस्रो कोरोना परिक्षण रिपोर्ट निगेटिभ आएको छ ।

श्रावण १६ गते कोरोना पुष्टि भएर घरमै आइसोलेसनमा बसेका पर्साका सांसद यादवले आफ्नो १२ दिनपछि गरेको दोस्रो परिक्षणको नतिजा निगेटिभ आएको जानकारी दिएका छन् ।

उनले डाक्टरको सुझावलाई मानेर घरमै अनुशासित भएर बस्दा कोरोनालाई जितेको बताएका छन् ।

सांसद यादवले स्वास्थ्य प्रोटोकल अनुसार आफु अझै सातदिन घरमै आइसोलेसनमा बस्ने जानकारी गराएका छन् ।

Loading
TOP