सिद्धार्थ बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

सिद्धार्थ बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

२७ साउन, काठमाडौ । सिद्धार्थ  बैंक लिमिटेडले आर्थिक बर्ष २०७६।७७ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।
सो अनुसार आ.व. २०७६।७७ मा बैंकको निक्षेप  २३.४ अरब ले वृद्धि‍ तथा २.५ अर्बको ऋणपत्र निष्काशन गरी २५.९ अर्बको स्रोत संकलन गर्न सफल भएको छ ।

त्यस्तै, सो आ.व. मा १८.८८ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ । बैंकको कूल सम्पत्ति १८२.६७ अर्ब रहेको छ जुन गत आ.व. भन्दा २०.५ प्रतिशतले वृद्धि भएको छ ।

कोभिड १९ महामारीको असरको बावजुत पनि बैंकले ३.७९ अर्बको नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत आ.व. भन्दा ३२ करोडले बढि हो ।
बैंकले २.०९ अर्ब खुद मुनाफा आर्जन गरेको छ र सो मुनाफा मध्ये ८७ करोड र ऋणपत्र परिपक्व भएको रकम सहित १२४ करोड वितरण योग्य रकम रहेको बैंकले जानकारी दिएको छ ।

Loading
TOP