जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरानाबाट मृत्यु

जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरानाबाट मृत्यु

२८ साउन, जनकपुर । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरानाबाट मंगलबार राति काठमाडौंमा मृत्यु भएको छ ।

७३ बर्षिय गिरी १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जनकपुरको मिल्स एरियास्थित रामा होटलका सञ्चालकसमेत रहेका गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो ।

गिरी २०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन् ।

Loading
TOP