कोरोना विशेष अस्पतालमा उपचारत कपिलवस्तुका दुई जनाको कोरोनाबाट मृत्यु

कोरोना विशेष अस्पतालमा उपचारत कपिलवस्तुका दुई जनाको कोरोनाबाट मृत्यु

२८ साउन, कपिलवस्तु । नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा उपचारत कपिलवस्तुका दुई पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ का ४३ बर्षका पुरुष र कृष्णनगर नगरपलिका वडा नम्बर १२ का २३ बर्षका पुरुष रहेका छन् ।

कृष्णगनरका मृत्यु भएका गुप्ताको स्वाबको रिपोर्ट भने अझै नआएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा ८ सय ८० जना कोरोना संक्रमित पुष्टि भएको छ भने अहिलेसम्म ७६१ जना ठिक भएका छन् । त्यस्तै जिल्लामा अहिलेसम्म यो सहित कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

Loading
TOP