पूर्वमन्त्री बस्नेतका पिताको अन्तिम संस्कारपछि कोरोना पुष्टि, मलामीलाई क्वारेन्टाइनमा बस्न आग्रह

पूर्वमन्त्री बस्नेतका पिताको अन्तिम संस्कारपछि कोरोना पुष्टि, मलामीलाई क्वारेन्टाइनमा बस्न आग्रह

२८ साउन, काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्‍नेतले साउन २२ मा निधन भएका आफ्ना ८४ वर्षीय पिताको शव त्रिवि शिक्षण अस्पतालले राति नै निकालेर लैजान बाध्य पारेको गुनासो गरेका छन् । बस्‍नेतका ८४ वर्षीय पिताको निधनपछि दाहसंस्कारसमेत भइसकेको अवस्थमा सरकारले मंलगबार कोरोना पुष्टि भएको सार्बजनिक गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले बस्नेतक पितालाई कोरोना पुष्टि भएको सार्बजनिक गरेपछि उनको मलामी गएका सयौं जना त्रसित भएका छन् । पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बस्‍नेतले आफ्ना बुवाको मृत्युमा समेत राजनीति गर्न खोजिएको आरोप लगाएका छन् ।

राजनीतिक कुचेष्टासहित बुवाको शव पिसिआर रिपोर्टसमेत नआई जवरजस्ती अस्पतालबाट लगिएको भनेर आफूलाई बदनाम गर्न खोजिएको उनले गुनासो गरेका छन् ।

सामाजिक संजालमा आफ्नो प्रतिक्रिया दिदै बस्नेतले आफ्ना बुवाको मृत्यु कोरोनाले भन्दा दुवै मिर्गौलाले काम नगरेका कारण भएको पनि तर्क गरेका छन् ।

उनले भने, ुवास्तवमा बुबाको मृत्यु दुवै किड्नी खराब भएकाले हो। उपचारमा संलग्‍न स्वास्थकर्मीले तुरुन्त शव निकाल्नु भन्दा पनि हामीले भोलिपल्ट बिहान ७ बजे मात्रै शव निकालेका थियौँ । शिक्षण अस्पतालमा उपचारका लागि लैजाँदा सुरुमा पिसिआर नेगेटिभ देखिएको थियो ।ु

पहिलो उपचारपछि घरमै आराम गरिरहेको अवस्थामा स्वास्थ्यमा पुनस् समस्या आएपछि मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको उनले बताएका छन् ।

सेन्टरका डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारी गराएका उनले बताए ।

ुडाक्टरले दुवै किड्नी ड्यामेज भएकाले निधन भएको बताएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौुं, उनले भनेका छन्, ुदुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारीपछि दाहसंस्कारमा धेरै शुभचिन्तक सहभागी भए ।ु

बस्‍नेतले मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक सातापछि सार्वजनिक गरिएकोमा आपत्ति जनाएका छन् । ुनमुना लिएको ६ घण्टामा आउने रिपोर्ट कोरोना लागेर मृत्यु भएको भन्दै स्वास्थ्य मन्त्रालयबाट एक सातापछि समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी छैनु, उनले अगाडि भने, ुयदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजानु भन्‍ने अमानवीय हर्कत भयो रु

बस्नेतका पिताको श्रावण २२ गते राति ११स्४५ बजे निधन भएको थियो भने २३ गते अन्तिम संस्कार गरिएको थियो ।

यसैबीच बार्हबिसे नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाको वडा नम्बर २, ३ र ९ का विभिन्न क्षेत्रमा शिल गरिएको जानकारी गराउदै मलामी जाने सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

Loading
TOP