भारतीय पूर्व राष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक

भारतीय पूर्व राष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक

२८ साउन, एजेन्सी ।भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक अवस्थामा पुगेको छ ।

कोरोना संक्रमणपछि दिल्लीको एक सैन्य अस्पतालमा भर्ना गरिएका मुखर्जीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । सेनाको आरआर अस्पतालले उनलाई अगस्ट १० मा भर्ना गरिएलगत्तै ज्यान बचाउनका लागि मस्तिष्कको आपतकालिन अप्रेशन गरेको समाचार एजेन्सी एनएनआईलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अस्पतालका अनुसार अप्रेशनपछि उनको स्वास्थ्यस्थिति थप चिन्ताजनक बनेको छ । मुखर्जी अहिले भेन्टिलेटरेको सपोर्टमा रहेका छन् । पूर्वराष्ट्रपति मुखर्जीले सोमबार आफैंले ट्वीट गरेर कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।

Loading
TOP