सुन तोलामा २४ सयले बढ्यो

सुन तोलामा २४ सयले बढ्यो

२९ साउन, काठमाडौँ । विहिबार सुन र चाँदीको मुल्य बढेको छ ।

विहिबार एकै दिन सुनको मुल्य तोलामा २४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहिबार सुन प्रति तोला ९७ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि बुधबार सुन ९५ हजार ४ सयमा कारोबार भएको थियो ।

बुधबार सुन तोलामा एकै दिन ६ हजार २ सयले घटेको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै विहिबार चाँदीको मुल्य पनि बढेको छ ।

महासंघका अनुसार विहिबार चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर १ हजार २९५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य एक हजार २१० प्रति तोला रहेको थियो ।

Loading
TOP