शिक्षण अस्पतालका डाक्टर र नर्स संक्रमित, इमर्जेन्सी विभाग बन्द

शिक्षण अस्पतालका डाक्टर र नर्स संक्रमित, इमर्जेन्सी विभाग बन्द

२९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको इमर्जेन्सीमा कार्यरत डाक्टर र नर्समा कोरोना संक्रमण भेटिएको छ ।

इमर्जेन्सी विभागका चार नर्सिङ स्टाफ र दुई जना डाक्टरलाई कोरोना भएपछि इमर्जेन्सी सिल गरिएको छ । उनीहरुलाई कोरोना देखिएपछि इमर्जेन्सी विभाग बुधबार नै सिल गरिएको हो ।

इमर्जेन्सी विभागमा रहेका कर्मचारीको बिहीबार पिसीआर परीक्षण गरिदै छ भने रिपोर्ट यकिन नभएसम्म इमर्जेन्सी विभाग बन्द रहने अस्पतालले जनाएको छ । अस्पतालका अन्य ओपिडी र ओटी सेवा भने सुचारु रहेका छन् ।

Loading
TOP