भारतका पूर्व राष्ट्रपति मुखर्जी कोमामा

भारतका पूर्व राष्ट्रपति मुखर्जी कोमामा

२९ साउन, नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी कोमामा गएका छन् ।

मष्तिकको आकस्मिक शल्यक्रियापछि उनको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा कोमामा गएको सैनिक अस्पतालले बुधबार जानकारी गराएको छ ।

आर्मी अस्पतालले पूर्व राष्ट्रपतिको अवस्थामा कुनै सुधार नभएको जानकारी दिएको छ । पूर्व राष्ट्रपतिको मस्तिष्कमा क्लट जमेको कारण गत १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो ।

कोरोनाबाट समेत संक्रमित ८४ वर्षीय मुखर्जीले आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको जानकारी दिएका थिए ।

यसैबीच भारतीय मिडियाहरुमा मुखर्जीको निधन भएको रिपोर्ट प्रकाशित भएपछि उनका छोरा र छोरीले सामाजिक संजालमा स्पष्ट गर्दै निधन भएको खबर गलत भएको बताएका छन् ।

Loading
TOP