ओली-प्रचण्ड छलफलमा जुटे

ओली-प्रचण्ड छलफलमा जुटे

२९ साउन, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार दुवै अध्यक्षबीच नौ दिनपछि भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले विहिबार राति प्रशारित एक टेलिभिजन अन्तर्वार्तामा पाँच दिनभित्र नेकपाको विवाद समाधान हुने दाबि गरेको भोलिपल्टै नै दुवै अध्यक्षबीच भेटवार्ता भएको छ । केहि बेरअघि दुवै अध्यक्षबीच छलफल शुरु भएको छ ।

यस अधि दुवैबीच श्रावण २० गते भेट भएको थियो ।

दुवै अध्यक्षबीचको छलफल सहमति उन्मुख रहेको बताइएको छ । प्रचण्डलाई पार्टीमा थप जिम्मेवारी दिनेगरि दुई(तीन मोडलमा छलफल अगाडी बढेको ओली निकट नेताले खरीबोटलाई बताएका छन् ।

स्थायी कमिटी बैठकमा ओलीको राजिनामा मागेपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको थियो । प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा श्रावण १३ गते स्थायी कमिटीको बैठक स्थगित गरेपछि असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक नै अन्योलमा रहेको छ ।

Loading
TOP