रुसी भ्याक्सिन विवादमा, वरिष्ठ डाक्टरद्वारा इथिक्स काउन्सिलबाट राजीनामा

रुसी भ्याक्सिन विवादमा, वरिष्ठ डाक्टरद्वारा इथिक्स काउन्सिलबाट राजीनामा

३० साउन, काठमाडौँ । रुसले बनाएको भनिएको कोरोनाविरुद्धको भ्याक्सिन विवादमा आएको छ । स्पूतनिक वीु नामको सो भ्याक्सिन बनाएको घोषणापछि रुसका वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ प्रोफेसर डाक्टर एलेक्जेन्डर चुचालिनले रुसको स्वास्थ्य मन्त्रालयको इथिक्स काउन्सिलबाट राजीनामा दिएका छन् । उनले भ्याक्सिनको दर्ता प्रक्रिया रोक्न असफल भएकोमा उनले राजीनामा दिएको बताइएको छ ।

रुसले बनाएको भ्याक्सिनको बारेमा अमेरिका, जर्मनी, क्यानाडा लगायतका देशका वैज्ञानिकहरुले प्रश्न उठाइरहेका बेला रुसी वरिष्ठ डाक्टरको राजीनामाले यस भ्याक्सिनका बारेमा थप आशंका उत्पन्न भएको छ ।

डा. चुचालिनले यो भ्याक्सिनको सुरक्षा र असरका बारेमा प्रश्न उठाएका छन् । साथै उनले भ्याक्सिन बनाउने संस्था गमालेया रिसर्च सेन्टर अफ इपिडेमियोलोजी तथा माइक्रोबाइलोजीका प्रोफेसर एलेक्जेन्डर गिन्ट्सबर्ग र रुसका टप भाइरोलोजिष्ट प्रोफेसर सेर्गे बोरिसेभिचमाथि समेत गम्भीर आरोप लगाएका छन् ।

डा. चुचालिनले यी दुवैले एकेडेमिक्स र स्वास्थ्यका मानकलाई नाघेर विश्वको पहिलो भ्याक्सिन बनाएको घोषणा गर्ने पृष्ठभूमि तयार गरेको आरोप लगाएका छन् । डा। चुचालिनलाई रुसमा रिसर्च इन्स्टिच्युट अफ पल्मोनोलोजी स्थापना गरेको श्रेय जाने गर्दछ ।

डा.चुचालिनले दुवै वैज्ञानिकहरुलाई प्रश्न गर्दै भनेका छन् , के तपाईहरुले स्वास्थ्यका सबै मानक पुरा गर्नु भएको छ जुन रुसको संबिधानमा छ रु के यो भ्याक्सिन बनाउदा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले तयार गरेको आधारलाई पुरा गर्नु भएको छ रुु

डा. चुचालिनले यो भ्याक्सिन बनाउदा यो कति हानिकारक हुन्छ भन्ने परिक्षण नै नगरिएको आरोप लगाएका छन् । उनले भ्याक्सिनका बारेमा गैरजिम्मेवार बयानबाट आफु आहत भएको समेत बताएका छन् ।

डा। चुचालिनले साइन्स एण्ड लाइफ जनरलमा एक अन्तर्वार्ता दिदै भनेका छन् (औषधि र भ्याक्सिनको निर्माणको क्रममा हामी नियामक संस्था वा व्यक्तिले यो मानिसका लागि कति सुरक्षित छ भन्ने सबै भन्दा पहिला हेरिन्छ ।

उनले अगाडी भनेका छन्, सुरक्षा सबै भन्दा पहिला आउछ, नत्र कसरी मुल्यांकन गर्ने रु अहिले बनाइएको भ्याक्सिन भने मानिसमा परिक्षण नै गरिएको छैन । हामीले मानिसलाई कस्तो असर गर्छ भन्ने अनुमान नै गर्न सक्दैनौं ।

उनले सबै वैज्ञानिक तथ्यका आधारमा यो भ्याक्सिनलाई ठिक छ भनेर भन्न नसकिने स्पष्ट रुपमा बताएका छन् ।

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले बुधबार सार्बजनिक घोषणा गरेको भ्याक्सिन दुई सातामा बजारमा आउने दाबि गरिरहेका बेला रुसकै वरिष्ठ डाक्टरको यस्तो प्रतिक्रियाले रुसले निर्माण गरेको कोरोनाविरुद्धको भ्याक्सिनमा ठुलो आशंका उत्पन्न गरेको छ ।

Loading
TOP