नेपाल प्रजातान्त्रिक महासंघको केन्द्रिय बैठक सम्पन्न

नेपाल प्रजातान्त्रिक महासंघको केन्द्रिय बैठक सम्पन्न

३१ साउन, काठमाडौं । नेपाल प्रजातान्त्रिक महासंघको केन्द्रिय बैठक महासंघका अध्यक्ष गोबिन्द शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अतिथि पुर्ब सांसद तथा संविधान सभा सदस्य श्रि राजिब बिक्रम शाहले महासंघको आगामी कार्ययोजना कसरी बनाउने र कांग्रेस कसरी सफल हुन सक्छ भन्ने बिषयमा बोल्नु भएको थियो । सातै प्रदेश र ७७ वाटै जिल्लामा कार्यसमिति बनि सकेको र हाल सम्मको उपलब्धिको बिषयमा महासचिव भक्त राज भुसालले जानकारी गराउनु भएको थियो ।

सबै प्रदेश र जिल्लाका कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै महासंघका अध्यक्षले बैठक अन्त्य भएको घोषणा गर्नु भएको थियो । साथै बैठकले हाल सम्मको उपलब्धिलाई संस्थागत गर्दै थप कार्ययोजना सहित अगाडी बढने निर्णय समेत गरेका छन् ।

Loading
TOP