आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य नियुक्त

आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य नियुक्त

३२ साउन, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको शुक्रवार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । भदौदेखि नै कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरिएको हो ।

चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यस अघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरि सकेका थिए ।

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ ।

उनले एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरि सकेका छन् ।

बज्राचार्यसँग बैंक तथा वित्तीय क्षेत्रमा करिव ४० वर्षको अनुभव छ । २० बर्षभन्दा बढी राष्ट्र बैंकमासमेत काम गरिसकेका बज्राचार्य नेपालका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट समेत हुन् ।

Loading
TOP