१४ सय अंकबाट तल झर्यो नेप्से

१४ सय अंकबाट तल झर्यो नेप्से

३२ साउन, काठमाडौं । नेप्से १४ सय अंकबाट तल झरेको छ । साताको पहिलो कारोवपार दिन आज आईतबार नेप्से १७ दसमलव ३३ अंकले घटेर १३ सय ९१ दसमलव ४६ बिन्दुमा झर्दा सेन्सिटिभ पनि चार दसमलव ९८ अंकले घटेर दुई सय ८८ दसमलव ८६ बिन्दुमा झरेको छ ।

एक सय ८५ कम्पनीहरुको २१ हजार छ सय नौ वटा कारोवारमा ४३ लाख ७१ हजार आठ सय ५४ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुंदा कारोवार एक अर्ब २५ करोड ९३ लाख २० हजार आठ सय ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएपनि टे«डिङ बाहेक सबै समुहको सुचक घटेर रातो भएकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक १९ दसमलव ३६ अंकले घटेर ११ सय ८२ दसमलव ३७ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ४९ दसमलव १८ अंकले घटेर छ हजार छ सय तीन दसमलव ३६ बिन्दुमा झरेको छ । यसैगरी बिकास बैंक, जलबिद्युत, लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेर रातै भएकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको स्वदेशी लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९२ पैसाले बढेर छ सय ९८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको आखुखोला जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ४१ पैसाले घटेर ५० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता दुई सय ८५ रुपैयाँ अन्तिम मुल्यमा आठ करोड १४ लाख १९ हजार तीन सय एक रुपैयाँको कारोवार भएको छ ।

Loading
TOP