सोमबार एकै दिन सुनको मुल्य तोलामा २ सयले घट्यो

सोमबार एकै दिन सुनको मुल्य तोलामा २ सयले घट्यो

१ भदौ, काठमाडौँ । सोमबार पनि सुन र चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।

सोमबार एकै दिन सुनको मुल्य तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रति तोला ९८ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि आइतबार सुन ९८ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार चाँदीको मुल्य पनि घटेको छ ।

महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर बढेर १ हजार ३१५ मा कारोबार भइरहेको छ । आइतबार चाँदीको मुल्य एक हजार ३२५ प्रति तोला रहेको थियो ।

Loading
TOP