पूर्व क्रिकेटर चेतन चौहानको कोरोना संक्रमणबाट निधन

पूर्व क्रिकेटर चेतन चौहानको कोरोना संक्रमणबाट निधन

१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका भारतका पूर्व क्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा आइतबार निधन भएको छ ।

चौहान ७३ वर्षका छन् । उनको स्वास्थ्य अवस्था शनिबार निकै नाजूक अवस्थामा पुगेको थियो । चेतन चौहान सन् १९७० को दशकमा भारतीय क्रिकेटका प्रमुख खेलाडी रहेका साथै उनि महान भारतीय क्रिकेटर सुनिल गावस्करसँग मिलेर इनिङको शुरुआत गरेका थिए ।

उहनले सन् १९६९ मा न्यूजील्यान्ड विरुद्ध पहिलो टेस्ट म्याच खेलेका थिए । यी दायाँ हाते ब्याट्सम्यानले ४० वटा टेस्ट खेलेर व्यक्तिगत २ हजार ८४ रन बनाएका थिए । । उनले ७ वटा एकदिवसीय क्रिकेट खेलेका थिए ।

यस अघि गत अगस्टमा उत्तर प्रदेशकी मन्त्री कमला रानीको पनि लखनउमा कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको थियो ।

Loading
TOP