लिदीमा पहिरामा हालसम्म २२ जनाको शव फेला, १७ अझै बेवत्ता

लिदीमा पहिरामा हालसम्म २२ जनाको शव फेला, १७ अझै बेवत्ता

१ भदौ, जुगल । शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ । आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आज वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको प्रहरी नायव उपरिक्षक काफ्लेले जानकारी दिए । पहिरामा बेपत्ता भएका ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको छ ।

१७ जना अझै बेपत्ता छन् । उनिहरुको सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

Loading
TOP